यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि, खेलकुद, गृह र पर्यटन लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

सार्वजनिक गरिएका ५ निर्णयहरू-

१. बीउ बिजनसम्बन्धी नियमावली स्वीकृत
कृषि मन्त्रालयको प्रस्तावमा सरकारले ‘बीउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। यसले देशको कृषि क्षेत्रमा गुणस्तरीय बीउ बिजनको उपलब्धता र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विश्वास लिइएको छ।

२. पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार
शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद मन्त्रालयको प्रस्ताव बमोजिम विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल नेपाली खेलाडीहरूलाई सरकारले नगद पुरस्कार र सम्मान पत्रद्वारा सम्मानित गर्ने निर्णय गरेको छ। खेलाडीका साथै मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

३. संस्कृति तथा पर्यटन क्षेत्रसम्बन्धी निर्णय
बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका विविध नीतिगत तथा संस्थागत सुधारका प्रस्तावहरूलाई स्वीकृत गरेको छ।

४. मिटरब्याज (अनुचित लेनदेन) आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरिने
अनुचित लेनदेन अर्थात् मिटरब्याजको समस्या समाधानका लागि नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न जाँचबुझ आयोगहरूले बुझाएका प्रतिवेदनहरूलाई गृह मन्त्रालयले तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको छ। यस निर्णयबाट मिटरब्याज पीडितहरूले छिटो न्याय पाउने बाटो खुल्नेछ।

५. खेलाडीहरूलाई राष्ट्रिय सम्मान
अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राख्ने खेलाडीहरूलाई ‘राष्ट्रका खेलाडी’ का रूपमा विशेष सम्मान र प्रोत्साहन दिने सम्बन्धमा समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

Logo