रसुवा ,७,मंशिर
निर्वाचन आउन ३ दिन मात्र बाँकी रहँदा रसुवामा निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । बदर मत कम गर्न र निर्वाचन सम्बन्धी जानकारी दिनका लागि गुरुकुल नाट्य समूह नुवाकोटका कलाकारले सडक नाटक देखाएका हुन् । जिल्ला निर्वाचन कार्यालय रसुवाको संयोजनमा सदरमुकाम धुन्चेमा सडक नाटक देखाइएको आयोजकले जनाएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि नाटकबाट चाँढै सिक्ने भएकाले नाटक प्रस्तुत गरिएको जिल्ला निर्वाचन अधिकारी नबिन खालिङले बताए।
जिल्लामा निर्वाचनमा सहभागी हुने लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन तथा मतदाता शिक्षा कार्यकर्ताले आ–आफ्नै तरिकाले मतदाता शिक्षा पुर्याएका भएपनि नाटकको माध्यमबाट जानकारी गराइएको नाट्य संयोजक दामोदर खतिवडाले बताए। नाटकमा मतदान प्रक्रियामा प्रयोग गरिने स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने र खसाउने तरिकाको बारेमा कलाकारले प्रस्तुति देखाएका थिए।
नागरिकबाट































प्रतिक्रिया