बेनी ,७,मंशिर

निर्वाचन नजिकिँदै गर्दा म्याग्दीमा नक्कली नोटको बिगबिगी वढेको पाइएको छ । "/>

बेनीमा नक्कली नोटको बिगबिगी

बेनीमा नक्कली नोटको बिगबिगी

केन्द्रबिन्दु
0
Shares

बेनी ,७,मंशिर

निर्वाचन नजिकिँदै गर्दा म्याग्दीमा नक्कली नोटको बिगबिगी वढेको पाइएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी, किराना पसल तथा विद्यालयमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन् । विशेषगरी एक हजार रुपैयाँका नोट बढी नक्कली पाइएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पाँच सय रुपैयाँको नोटको बिगबिगी थियो। दुई दिनअघि बेनी स्थित लोकदीप सहकारीमा पहिलो पटक हजार रुपैयाँको नक्कली नोट भेटिएको थियो।

सोमबार गरिमा विकास बैंक, प्रकाश मावि र एक किराना पसलमा एकै किसिमको हजार रुपैयाँको नक्कली नोट भेटियो । निर्वाचनको एक हप्ता अघि शृंखलाबद्ध रूपमा भेटिएका यस्तो नक्कली नोटबारे प्रहरीले अनुसन्धान अघि बढाएको छैन । तीन वर्ष देखि सञ्चालित लोकदीप सहकारीका प्रबन्धक नेत्रराज पौडेलले नक्कली नोट भेटिएको जानकारी प्रहरीलाई खबर गरे पनि अनुसन्धान हुन नसकेको बताए। ‘अरू ठाउँमा भेटिएको हल्ला चले पनि हाम्रोमा पहिलोपटक यस्तो भेटिएको छ , उनले भने, ‘निर्वाचनकै सिजनमा भेटिएकाले यो सुनियोजित हुन सक्छ । यस्तो भेटिँदा ग्राहकले हामी प्रति अलि कम विश्वास गर्नु हुन्छ। सहकारीमा नोट पहिचान मेसिन नहुँदा नक्कली र सक्कली नोट पहिचान गर्न समस्या भए पनि अधिकांश बैंकमा यो सुविधा रहेका कारण बैंकमै बढी नोट भेटिने गरेका छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo