मदरल्याण्डका ३ विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा छनोट

मदरल्याण्डका ३ विद्यार्थी अन्तर्राष्ट्रिय ओलम्पियाडमा छनोट

केन्द्रबिन्दु
3
Shares

पोखरा । पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका तीन विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा छनोट भएका छन्।

कक्षा १२ मा अध्ययनरत् प्रतीक थापा (रसायन शास्त्र), अमोन गुरुङ (जीव विज्ञान) र शास्वत रेग्मी (खगोल विज्ञान) फरक विधामा छनोट भएका हुन्। प्रतीक र अमोन हाल उज्वेकिस्तान र युरोपमा प्रतिस्पर्धा गरिरहेका छन् भने शास्वत सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म भियतनाममा हुने प्रतियोगितामा भाग लिन जाँदैछन् ।

गत वर्ष पनि यहाँका विद्यार्थी सुदेश आचार्यले भौतिक विज्ञानतर्फ ओलम्पियाडमा भाग लिएका थिए ।

शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट मदरल्याण्डका विद्यार्थीले यसअघि अमेरिकाको युएन नमुना महासभा र थाइल्याण्डको एआई तथा रोबोटिक्स प्रतियोगितामा समेत स्वर्णसहित ठूलो सफलता पाएका थिए। विद्यालयले हालैको कक्षा १२ र २०८२ को एसइई परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याई नेपाल टप गरेको थियो।

Logo