सुदूरपश्चिमका एमालेका मन्त्रीहरु बर्खास्त

सुदूरपश्चिमका एमालेका मन्त्रीहरु बर्खास्त

केन्द्रबिन्दु
270
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।

यसअघि नै सत्ता साझेदार एमालेलाई सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन आग्रह गरेका मुख्यमन्त्री शाहले कुनै निर्णय नआएपछि आफैं मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

बर्खास्तीमा पर्नेमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री रहेका सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी निर्मला साउद रहेका छन् ।

Logo