होर्मुज जलमार्ग खुला, सामान प्रवाह सुनिश्चित गर्न अमेरिकी सेना तैनाथ

होर्मुज जलमार्ग खुला, सामान प्रवाह सुनिश्चित गर्न अमेरिकी सेना तैनाथ

केन्द्रबिन्दु
3
Shares

वाशिंगटन डीसी । ह्वाइट हाउसले व्यापारिक जहाजहरूका लागि स्ट्रेट अफ होर्मुज खुला रहेको बताउदै अमेरिकी सेना रणनीतिक जलमार्ग होर्मुजमा समुद्री यातायातको माध्यामबाट निरन्तर सामान प्रवाह सुनिश्चित गर्न तैनाथ गरिएको जनाएको छ ।

अमेरिकी सैन्य कारबाही बढ्दै जाँदा स्ट्रेट अफ होर्मुज हुँदै व्यापारिक ढुवानीमा आएको गिरावट बारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा प्रस्थान गर्ने यात्रुबहाक जहाजहरूमा मात्र लागू हुने गरी नाकाबन्दी लागू गरेको बताएका छन् । इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र प्रस्थान गर्ने जहाजहरूका लागि राष्ट्रपतिले निर्देशन दिएका जहाजहरू अवरुद्ध रहेको समेत उनले बताए ।

नाकाबन्दीलाई पूर्ण रूपमा लागू गरिएको उल्लेख गर्दै उनले इरानले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौताको सम्मान गरी अनुसरण गर्न असमर्थ भएकाले यो नाकाबंदी पुनः लागू गर्नुपरेको जनाएका छन् ।

उनले यस क्षेत्रमा ठूलो अमेरिकी सैन्य तैनाथी द्वारा नाकाबंदी लागु गरिएको बताए ।दश हजार भन्दा बढी अमेरिकी नाविक, मरीन र एयरम्यान, दुई विमान वाहक र २० वटा भन्दा बढी युद्धपोत र दर्जनौं विमानहरूले नाकाबंदी अभियान कार्यान्वयन गरिरहेको उनले बताए ।

लेभिटले नाकाबंदीको पहिलो २४ घण्टामा, युएस सेन्ट्रल कमान्डले नाकाबंदीको पालना गर्ने दुई व्यापारिक जहाजहरूलाई पुनः निर्देशित गरेको जनाएको छ ।

होर्मुजको जलमार्ग हुँदै व्यापारिक ढुवानीमा नाकाबन्दी नभई खुला रहेको कुरामा जोड दिँदै, लेभिटले इरानी बन्दरगाह जहाजहरूका लागि खुला छ, भनेर सुनिश्चित गर्न अमेरिकी नौसेना तैनाथ गरेको बताएका छन् ।

सेन्टकमले मङ्गलबार, इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा आउने र जाने जहाजहरूलाई लक्षित गर्दै नौसैनिक नाकाबंदी पुनः सुरु गरेको पुष्टि गरेको छ । सेन्टकमले नाकाबन्दीको एक हिस्साको रूपमा २० वटा भन्दा बढी अमेरिकी नौसेनाका युद्धपोत र सयौं सैन्य विमानहरू यस क्षेत्रमा तैनाथ गरिएको उल्लेख गरेको छ ।

Logo