काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन् । निकट स्रोतका अनुसार केही दिनअघि हङकङमा बाथरुममा लडेर उनको दायाँ हात भाँचिएको हो ।
हाल उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र आराम गरिरहेका छन् ।
जेनजी आन्दाेलनमा घाइते भएका देउवा गत १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर प्रस्थान गरेका थिए, तर हालसम्म फर्किएका छैनन् ।































