ग्लोबल एक्सपोजर र आईटीको महासंगम, टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी

ग्लोबल एक्सपोजर र आईटीको महासंगम, टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपालको सूचना प्रविधि, व्यवस्थापन र हस्पिटालिटी शिक्षाको क्षेत्रमा एउटा यस्तो नाम छ, जसले अन्तर्राष्ट्रिय मापदण्डको शिक्षालाई नेपाली माटोमा सफलतापूर्वक स्थापित गरेको छ— टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी । काठमाडौंको सिफल जस्तो शान्त, कोलाहलमुक्त स्थानमा अवस्थित यो कलेज सन् २०१० मा स्थापित ‘टेक्सास इन्टरनेशनल एजुकेसन नेटवर्क’को भगिनी संस्था हो ।

समर्पित शिक्षाविद्, कर्पोरेट लिडर्स र सामाजिक उद्यमीहरूको समूहद्वारा स्थापित यो कलेज आज नेपालमै बसेर विश्वस्तरीय शैक्षिक उपाधि र ग्लोबल करियर बनाउन चाहने विद्यार्थीहरूको ‘ग्लोबल पार्टनर’ बनेको छ ।

मलेसियाको प्रसिद्ध ‘लिङ्कन युनिभर्सिटी कलेज’ सँगको सम्बन्धनमा टेक्सासले नेपाल सरकारबाट स्वीकृत र त्रिभुवन विश्वविद्यालयबाट पूर्ण समकक्षता प्राप्त स्नातक कार्यक्रमहरू ब्याचलर अफ कम्प्युटर साइन्स (बीसीएस), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) तथा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) सञ्चालन गरिरहेको छ ।

टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी आज नेपालमै बसेर विश्वस्तरीय शैक्षिक उपाधि र ग्लोबल करियर बनाउन चाहने विद्यार्थीहरूको ‘ग्लोबल पार्टनर’ बनेको छ ।

टेक्सास कलेजको प्रमुख विशेषता व्यवहारिक शिक्षामा आधारित अध्ययन प्रणाली हो। सबै कार्यक्रमहरूमा अनिवार्य इन्टर्नसिप, परियोजना प्रदर्शनी, सेमिनार तथा उद्योगसँग प्रत्यक्ष सहकार्यलाई समेटिएको छ। विशेषगरी बीएचएम कार्यक्रमका अन्तिम दुई सेमेस्टर पूर्ण रूपमा औद्योगिक प्रशिक्षणमा केन्द्रित छन्, जहाँ विद्यार्थीले नेपालका पाँचतारे होटलसँगै यूएई, थाइल्यान्ड र कुवेतका अन्तर्राष्ट्रिय होटलमा समेत प्रशिक्षण लिने अवसर पाउँछन्।

कलेजमा स्पेसलिस्ट कम्प्युटर ल्याब, आईटी ल्याब, एआई एन्ड मेसिन लर्निङ ल्याब, रोबोटिक्स ल्याब, इन्टरनेट अफ थिङ्स ल्याब, साइबर सुरक्षा ल्याब, साइम/सक ल्याब र भीएफएक्स स्टुडियो लगायतका अत्याधुनिक ल्याबहरू सञ्चालनमा छन्। यी पूर्वाधारहरूले विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रोबोटिक्स, डिजिटल फरेन्सिक तथा आधुनिक सूचना प्रविधिमा व्यावहारिक दक्षता हासिल गर्न सहयोग पुर्‍याउने कलेजको दाबी छ।

टेक्सास कलेजबाट निस्कने हरेक ग्राजुएट बेरोजगार बस्नु पर्दैन भन्ने कुरालाई कलेजको आफ्नै संयन्त्रले प्रमाणित गर्छ, विद्यार्थी र रोजगारदातालाई सिधै जोड्नका लागि कलेजको आफ्नै छुट्टै जब पोर्टल texasjobportal.com सञ्चालन गरिरहेकाे छ । यति मात्र हाेइन, विद्यार्थीको करियर विकासका लागि कलेजको करिअर सर्भस सेन्टरले विशेष भूमिका निर्वाह गर्दै आएको छ।

१० हजारभन्दा बढी पूर्व-विद्यार्थीहरूको बलियो सञ्जाल भएको यस कलेजमा ई-लाइब्रेरी र लिङ्कन लर्निंग सेन्टर मार्फत संसारभरका अध्ययन सामग्रीहरू सहजै उपलब्ध छन् । उपत्यकाका मुख्य रुटहरू समेट्ने गरी यातायातको सुविधा, उपत्यका बाहिरका विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित हाेस्टल, र अतिरिक्त कोचिङ कक्षाहरूको समेत व्यवस्था छ ।

यदि तपाईं केवल एउटा सर्टिफिकेट मात्र होइन, बरु कलेजको गेटबाट निस्कँदै गर्दा हातमा प्रतिष्ठित जागिर र आत्मविश्वासी व्यक्तित्व बोकेर निस्कन चाहनुहुन्छ भने, नेपालको प्रिमियर आईटी, बिजनेस र हस्पिटालिटी कलेज— टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी तपाईंको करियरको सबैभन्दा बलियो र भरपर्दो सहयात्री बन्न सक्छ ।

Logo