त्रिवि टपरदेखि राष्ट्रिय खेलाडीसम्म उत्पादन गर्दै विनायक सिद्ध (भीएस) कलेज

त्रिवि टपरदेखि राष्ट्रिय खेलाडीसम्म उत्पादन गर्दै विनायक सिद्ध (भीएस) कलेज

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । गुणस्तरीय र सर्वसुलभ शिक्षाको जगमा उभिएर छोटो समयमै नेपालको उच्च शिक्षा क्षेत्रमा बलियो पहिचान बनाउन सफल नाम हो, विनायक सिद्ध (भीएस) कलेज ।

काठमाडौंको सुगम स्थान चाबहिलमा केवल किताबी ज्ञानमा मात्र सीमित नभई संस्कारयुक्त र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यका साथ वि.सं. २०७१ मा स्थापना भएको विनायक सिद्ध कलेज आज काठमाडौंका उदाउँदा उच्च शिक्षण संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ।

विद्यार्थीकेन्द्रित शिक्षण प्रणाली, अनुभवी प्राध्यापक र व्यवहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा निरन्तर योगदान पुर्‍याइरहेको यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातकतर्फ बीबीएस, बीए, बीएसडब्ल्यू, मनोविज्ञान, लैङ्गिक अध्ययन, ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

निकट भविष्यमा बीएचएम, बीआईटी, बिएससीसीएसआईटी, बीबीए सञ्चालनको तयारी गरेको यस कलेजले त्रिभुवन विश्वविद्यालयमा सञ्चालनमा रहेका धेरै कार्यक्रम सञ्चालन गर्दै आएको छ । गतवर्ष मात्र एमबीएस कार्यक्रम सुरु गरेको यस कलेजबाट हालै प्रकाशित सेकेण्ड सेमेस्टरको परीक्षामा रविन रेग्मी त्रिविको टपर बन्न सफल भएका छन् । विगतका सम्पूर्ण परीक्षामा लोभलाग्दो नतिजा ल्याउन सफल विनायक सिद्ध कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजहरुमा अंग्रपंक्तिमा रहेको छ ।

विगतका सम्पूर्ण परीक्षामा लोभलाग्दो नतिजा ल्याउन सफल विनायक सिद्ध कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजहरुमा अंग्रपंक्तिमा रहेको छ ।

प्रतिष्ठित र पहुँचयोग्य उच्च शिक्षा केन्द्र बन्ने भिजन बोकेको विनायक सिद्ध कलेजले विद्यार्थीहरूका लागि इन्टर्नसिप, जब प्लेसमेन्ट, करियर काउन्सिलिङ, अनुसन्धान र सामुदायिक सहभागितामा विशेष जोड दिएको छ।

आधुनिक पूर्वाधार पनि कलेजको अर्को आकर्षण हो। अत्याधुनिक कम्प्युटर ल्याब, मल्‍टिमिडिया कक्षाकाेठा, समृद्ध पुस्तकालय, स्वच्छ र सफा क्यान्टिन, सुरक्षित यातायात सुविधा तथा व्यवस्थित मूल्याङ्कन प्रणालीले गुणस्तरीय अध्ययन वातावरण सुनिश्चित गरेको छ ।

शिक्षासँगै भीएस कलेज चाबहिलको अर्को गर्विलो पाटो भनेको यसले उत्पादन गरेका राष्ट्रिय रत्नहरू हुन्। नेपाली महिला फुटबलकी ‘मेसी’नामले परिचित प्रीति राई, पुरुष राष्ट्रिय टोलीका आयुष घलान र दर्जनौँ राष्ट्रिय खेलाडीहरू यहीँबाट दीक्षित भएका हुन्। खेलकुद मात्र होइन, नृत्य क्षेत्रमा विश्व कीर्तिमान राख्ने सरस्वती धिमाल, सुरेन राई, सुजन मार्फालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ कलाकार र नृत्य निर्देशकदेखि अन्तर्राष्ट्रिय रियालिटी शोमा चम्किएका प्रतिभाहरू विनायक सिद्धकै विद्यार्थी हुन्।

लोकप्रिय डान्सिङ रियालिटी शो ‘छमछमी’ सिजन–२ का प्रथम रनर–अप नेशन सुस्लिङ मगर, फाइनलिस्ट पुष्पा क्षेत्री तथा प्रतिभाशाली नृत्याङ्गना सिर्जल रावलले पनि राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै कलेजको प्रतिष्ठा अभिवृद्धि गरेका छन्।

गुणस्तरीय र सर्वसुलभ शिक्षाको जगमा उभिएर छोटो समयमै नेपालको उच्च शिक्षा क्षेत्रमा बलियो पहिचान बनाउन सफल नाम हो, विनायक सिद्ध (भीएस) कलेज ।

यसैगरी गायन क्षेत्रमा उदाउँदै गरेका युकेश रावल, आशिष तामाङ, हुलाकी ब्याण्डका भोकलिस्ट अमन बस्नेत पनि विनायक सिद्धकै उत्पादन हुन् । यति मात्र होइन, यस कलेजकी विद्यार्थी पुनम श्रेष्ठ जसले जुडोमा १३औँ दक्षिण एसियाली खेलकुद २०१९ मा स्वर्ण पदक जितेकी थिइन् ।

साथै कलेजका रवि रेग्मी, निशाा लुङ्गेली मगर, शिवानी तामाङ, शुरेखा दाहाल जस्ता दर्जनौं विद्यार्थीहरु चार्टर एकाउन्टेन्ट (सीए) बन्ने यात्रामा उल्लेखनीय सफलता हासिल गर्दै अघि बढिरहेका छन्। नेपाली महिला फुटबल टोलीकी अमिशा कार्की यस कलेजमा अध्ययन गर्दागर्दै नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनेकी छन् । उनी जस्तै विनायक सिद्धकका दर्जनौं विद्यार्थीहरु सरकारी क्षेत्रमा पनि नेतृत्व गर्न सफल छन् ।

कलेजले विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान गरी उनीहरूलाई लक्ष्यप्रति केन्द्रित बनाउन विशेष भूमिका खेल्दै आएको छ । यदि तपाईं पनि स्नातक तहमा गुणस्तरीय शिक्षा, विद्यार्थीमैत्री वातावरण र उज्जवल भविष्यको खोजीमा हुनुहुन्छ भने विनायक सिद्ध (भीएस) कलेज नै तपाईंको सही छनोट हुनेमा द्विमत छैन ।

Logo