काठमाडाैं । उच्च शिक्षा आज केवल विश्वविद्यालयको डिग्री हासिल गर्नुमा मात्र सीमित छैन। बदलिँदो विश्वले अब ज्ञानसँगै सिर्जनशीलता, अनुसन्धान, प्रविधिमैत्री सोच, नेतृत्व क्षमता र व्यावसायिक दक्षता खोजिरहेको छ। यिनै आवश्यकतालाई केन्द्रमा राखेर नेपाल काष्ठमण्डप कलेजले विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउने होइन, करियरमा पनि सफल हुने आधार निर्माण गर्ने शिक्षाको अभ्यास गरिरहेको छ।
काठमाडौँकाे कलङ्कीमा अवस्थित नेपाल काष्ठमण्डप कलेजले पूर्वाञ्चल विश्वविद्यालयसँगकाे सम्बन्धनमा बजारमा हाइ डिमाण्डेड काेर्शहरु ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस तथा मास्टर अफ बिजनेस स्टडीज (एमबीएस) पनि सञ्चालन गर्दै आएको छ।
काष्ठमण्डप कलेजलाई अन्य कलेजहरूभन्दा फरक र उत्कृष्ट बनाउने यसको मुख्य विशेषता भनेको विद्यार्थीहरूको प्राज्ञिक विकास, अनुशासन र व्यावहारिक सिकाइलाई दिइने विशेष ध्यान हो। कलेजले प्रत्येक विद्यार्थीको प्रगतिलाई नजिकबाट नियाल्न एउटा बलियो र निरन्तर मूल्याङ्कन प्रणाली तयार पारेको छ। यो कलेज केवल फाइनल परीक्षाको नतिजामा मात्र भर पर्दैन, बरु पाठ्यक्रम सकिएका एकाइहरूको आधारमा मुख्य आवधिक परीक्षाहरू अनिवार्य रूपमा सञ्चालन गर्दछ।
काष्ठमण्डप कलेजलाई अन्य कलेजहरूभन्दा फरक र उत्कृष्ट बनाउने यसको मुख्य विशेषता भनेको विद्यार्थीहरूको प्राज्ञिक विकास, अनुशासन र व्यावहारिक सिकाइलाई दिइने विशेष ध्यान हो
यसका साथै एकेडेमिक क्यालेन्डरमै तोकेर मासिक परीक्षाहरू लिइन्छ र त्यसको नतिजा नियमित रूपमा अभिभावककहाँ पुर्याइन्छ। भर्ना हुनासाथ प्रत्येक विद्यार्थीको एक छुट्टै व्यक्तिगत प्रोफाइल तयार गरिन्छ, जसमा शैक्षिक उतारचढाव, कलेजमा उपस्थिति, व्यवहारको अभिलेख, व्यक्तित्व विकास र नेतृत्व क्षमताको ट्र्याकिङ सुरक्षित राखिन्छ।
आधुनिक पूर्वाधारमा गरिएको लगानी कलेजको अर्को विशेषता हो। भूकम्पप्रतिरोधी भवन र व्यवस्थित कक्षाकोठाका साथै अत्याधुनिक प्रविधिसहितको वेल इक्विप्ड कम्प्युटर र साइन्स लाब्राेटरीज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल एवं टेक्स्ट म्याटेरियल्सले सम्पन्न उत्कृष्ट ई-लाइब्रेरीको व्यवस्था छ।
यति मात्र हाेइन, विश्वव्यापी प्रतिस्पर्धाको आवश्यकता महसुस गर्दै कलेजले नियमित शैक्षिक कार्यक्रमसँगै विद्यार्थीलाई अन्तर्राष्ट्रिय अध्ययन, रोजगारी तथा करियरका थप अवसरका लागि तयार पार्न आईएलटीएस, टाेफेल, चिनियाँ भाषा, कोरियाली भाषा लगायतका गैर–क्रेडिट भाषा कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यका साथ कलेजले इन्टर्नसिप तथा जब प्लेसमेन्टलाई पनि विशेष प्राथमिकता दिएको छ। विभिन्न संस्था तथा उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीलाई व्यावसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गरिन्छ। यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य विस्तार गर्दै विश्वस्तरीय शैक्षिक अभ्यासलाई कलेजमा भित्र्याउने प्रयास निरन्तर जारी रहेको छ।
पढाइसँगै स्पाेर्ट्स र काे-करिकुलर एक्टिभिटिजलाई पनि यस कलेजले उत्तिकै महत्त्व दिने गरेकाे छ ।































