जनकपुरलाई राजधानी बनाउन काँग्रेस पार्टीभित्र गृहकार्य शुरु भइसकेको छ : निधि

जनकपुरलाई राजधानी बनाउन काँग्रेस पार्टीभित्र गृहकार्य शुरु भइसकेको छ : निधि

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर (धनुषा), ४ मंसिर ।

नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई वर्तमान अवस्थामा प्रदेश नं २ को राजधानी बनाउन नेपाली काँग्रेसभित्र गृहकार्य शुरु भइसकेको बताएका छन् ।

धनुषा क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार निधिले चुनावी प्रचार प्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन काँग्रेसले केन्द्रमा लबिङ शुरु गरिसकेको जानकारी गराए । उनले भने, “प्रदेशको राजधानी बनाउनु चानचुने कुरा होइन । गम्भीर प्रयास र सहयोगको खाँचो छ र जनकपुरलाई राजधानी बनाउन म लागिपरेको छु ।”

प्रदेश नं २ को राजधानी बनाउनु आफ्नो प्रमुख एजेण्डा रहेको बताउनु हुँदै निधिले भने, “राजधानी बनाउन पूर्वाधार आवश्यक हुन्छ, केही व्यापारीले जनकपुर चुरोट कारखानाको सम्पत्ति खरिद गर्ने प्रयास गरिरहेको बेला स्थानीय प्रशासनको मातहतमा ल्याएको छु ।”

निधिले जटही–ढल्केबर व्यापारिक मार्ग निर्माण कार्य जारी रहेको बताउँदै निर्माण कार्य पूरा हुनासाथ जनकपुर व्यापारिक केन्द्र बन्ने निश्चित रहेको बताए । निधिले व्यापारिक मार्ग निर्माणका साथै सीमा क्षेत्रमा नाका सञ्चालन भए लगत्तै स्थानीय व्यापारीलाई आयात निर्यात गर्न सहज हुने बताए । रासस

Skip This
Skip This
Logo