काठमाडौं,४,मंशिर
नेपालमा पर्याप्त चिनी उत्पादन हुन नसके पनि चिनी उद्योगीहरुले विदेशबाट चिनी खरिद नगर्न सरकारलाई दबाब दिएकै कारण आगामी दुई महिनापछि चिनीको अभाव हुने भएको छ । "/>

दुई महिना पछि चिनीको अभाव हुने सङ्केत

दुई महिना पछि चिनीको अभाव हुने सङ्केत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,मंशिर
नेपालमा पर्याप्त चिनी उत्पादन हुन नसके पनि चिनी उद्योगीहरुले विदेशबाट चिनी खरिद नगर्न सरकारलाई दबाब दिएकै कारण आगामी दुई महिनापछि चिनीको अभाव हुने भएको छ । नेपालमा वार्षिक दुई लाख मेट्रिक टन चिनी आवश्यक पर्ने भए पनि चिनी उद्योगीहरुले आफ्नो क्षमता भन्दा बढी उत्पादन यो वर्ष गर्ने भन्दै विदेशबाट चिनी आयात नगर्न दबाब दिएको पाइएको छ ।

गत वर्ष सरकारले साल्ट टे«डिङ कर्पोरेसनलाई ५० हजार मेट्रिकटन चिनी खरिदको लागि भन्सार छुट दिएको थियो । उक्त चिनी अबको दुई महिनाको लागि मात्रै पुग्ने रहेको साल्ट टे«डिङले जनाएको छ । त्यसपछि नेपालमा चिनीको अभाव हुने सम्भावना देखिएको हो । अहिले चिनी उद्योगीहरुले आपूर्ति मन्त्रालय र उद्योग मन्त्रालयमा चिनी भारत तथा अन्य देशबाट खरिद नगराउन दबाब दिन थालेको पाइएको हो । नेपालको चिनीले आधा मागलाई मात्रै पुग्ने सरोकारवालाहरु बताउँछन् । अहिले चिनी उत्पादन गर्ने समय भए पनि सरकारले उखुको मूल्य निर्धारण गर्न सकेको छैन । गत वर्ष ढिलो गरी उखुको मूल्य निर्धारण गरेको थियो ।
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo