यी हुन् कांग्रेसको संस्थापन इतर समूहले अघि बढाएको ५ प्रस्ताव

यी हुन् कांग्रेसको संस्थापन इतर समूहले अघि बढाएको ५ प्रस्ताव

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताका लागि संस्थापन पक्ष समक्ष राखेको पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश तथा जिल्ला सभापतिहरूको बैठकले एकता प्रस्ताव अघि सारेकाे हाे ।

सार्वजनिक गरिएको प्रस्तावमा चौधौँ महाधिवेशनको कार्यसमितिलाई विशेष महाधिवेशनको समितिसँग मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र सभापति थापाकै बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने उल्लेख छ। यस्तै, पुनर्गठित केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र महाधिवेशन सम्बद्ध समितिहरूमा वर्तमान संस्थापन पक्षको बहुमत रहने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।

महाधिवेशनको मुख्य आधार मानिने क्रियाशील सदस्यताको विवाद अन्त्य गर्न तत्कालीन महामन्त्री गगन थापा संयोजक रहेको समितिले टुङ्ग्याएका सदस्यहरूलाई स्वतः १५ औँ महाधिवेशनमा सहभागी गराई उनीहरूको डिजिटल इन्ट्री गर्नुपर्ने र यसलाई नवीकरणको झन्झटसँग जोड्न नहुने इतर समूहको माग छ।

Logo