काठमाडौं,४,मंशिर
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाज लगायत सबैको योगदान आवश्यक रहेको बताएका छन् । "/>

निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त

निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,मंशिर
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाज लगायत सबैको योगदान आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासँग आयोगले गरेको अन्तरक्रियामा उनले हामी सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्छ, भने ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा दिएका सुझावलाई निर्वाचन आयोगले गम्भीररुपमा हेरिरहेको बताए ।पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गराउने सन्दर्भमा आयोगले निर्णय गर्ने क्षमता राख्दछ भन्ने सन्देश प्रवाह गर्न आवश्यक छ, भने । अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले अहिलेको मुख्य विषय भनेको सुरक्षाको प्रश्न भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक भएको विचार व्यक्त गरेका थिए । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन सवै नेपालीको भएकाले यस महाअभियानलाई सफल तुल्याउनु सबैको जिम्मेवारी भएको बताए ।

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले तीन वटा मतपत्रका कारण मतदाता दोधारमा रहने अवस्था अन्त्य गर्न तथा मतपेटिका सुरक्षितरुपमा राखेको छ भन्ने प्रत्याभूति मतदाता र उम्मेदवारलाई दिलाउन सक्नुपर्ने धारणा व्यक्त गरेका थिए । लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्यले निर्वाचन प्रचार प्रसारको शैलीमा सुधार आएको भए पनि बदलिँदो समय अनुसार आचारसंहितालाई परिमार्जन गर्ने बेला भइसकेको बताए । त्यस्तै पूर्वमुख्यसचिव डा विमल कोइरालाले आचारसंहिता पालनामा आयोगले कडाइका साथ काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । संविधानविद् डा चन्द्रकान्त ज्ञावलीले निर्वाचन आचारसंहिता विपरीत सरकार विस्तार हुँदा आयोगले त्यस विषयमा प्रभावकारी रुपमा प्रस्तुत हुन नसकेको धारणा व्यक्त गरेका थिए। यता नेपाल चेम्बर्स अफ कमर्शका प्रतिनिधि कमलेश अग्रवालले उम्मेदवारले गर्ने निर्वाचन खर्चमा आचारसंहितालाई कडाई गर्न सकेको खण्डमा उद्योगी व्यवसायीलाई समेत राहत मिल्ने विचार व्यक्त गरे भने सो अवसरमा निर्वाचन आयोगका सहसचिव नवराज ढकालले निर्वाचनका लागि भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए।
रासस

Logo