धोबीघाटमा जी.ओ. अटोमोबाइल्सको अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालन

धोबीघाटमा जी.ओ. अटोमोबाइल्सको अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालमा जेएसडब्ल्यू एमजी गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

कम्पनीले आधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी एवं प्रतिस्पर्धी सेवा शुल्कसहित बिक्रीपछिको सेवा थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

सर्भिस सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आगामी जुलाई २२ देखि २९ सम्म सात दिने ‘ग्रान्ड ओपनिङ सर्भिस क्याम्प’ आयोजना गर्ने घोषणा गरेको छ। उक्त अभियानमार्फत एमजीका नयाँ तथा हालका ग्राहकलाई गुणस्तरीय सेवा अनुभव प्रदान गर्नुका साथै कम्पनीको आधुनिक सेवा सुविधासँग परिचित गराइने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार एमजी ग्राहकहरूको स्वामित्व अनुभव अझ सुदृढ बनाउने तथा भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्यका साथ नयाँ सर्भिस सेन्टर स्थापना गरिएको हो।

ग्रान्ड ओपनिङ सर्भिस क्याम्पअन्तर्गत सम्पूर्ण एमजी ग्राहकका लागि समर्पित सर्भिस सुविधा, कम्पनीबाट प्रशिक्षित प्राविधिकद्वारा सेवा, जेन्युइन एमजी स्पेयर पार्ट्सको उपलब्धता तथा पारदर्शी एवं प्रतिस्पर्धी सेवा शुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले समर्पित एमजी सर्भिस सेन्टरको स्थापना ग्राहकप्रतिको कम्पनीको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम भएको बताए। उनले उत्कृष्ट बिक्रीपछिको सेवाले नै सफल स्वामित्व अनुभव सुनिश्चित गर्ने उल्लेख गर्दै यस सुविधामार्फत नेपालभरका एमजी ग्राहकलाई अझ भरपर्दो, गुणस्तरीय र सहज सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए।

कम्पनीले सम्पूर्ण एमजी ग्राहकलाई जुलाई २२ देखि २९ सम्म सञ्चालन हुने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पमा सहभागी भई नयाँ सेवा सुविधाको लाभ लिन आग्रह गरेको छ।

Logo