काठमाडौं,४,मंशिर
भूकम्पपछिको पुनर्निर्माणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गैरसरकारी संस्था(एनजिओ, आइएनजिओ) को प्रगति विवरण चित्तबुझ्दो नदेखिएको राष्ट्रिय पुुनर्निर्माण प्राधिकरणको प्रतिवेदनले देखाएको छ । "/>

पुनर्निर्माणमा एनजिओको काम चित्त बुझ्दो भएन

पुनर्निर्माणमा एनजिओको काम चित्त बुझ्दो भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,मंशिर
भूकम्पपछिको पुनर्निर्माणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गैरसरकारी संस्था(एनजिओ, आइएनजिओ) को प्रगति विवरण चित्तबुझ्दो नदेखिएको राष्ट्रिय पुुनर्निर्माण प्राधिकरणको प्रतिवेदनले देखाएको छ । विशेष गरी स्वास्थ्य, सरसफाइ, तालिम र जीवनवृत्तिसँग सम्बन्धित काम गर्ने गैरसरकारी संस्थाको प्रगति विवरण चित्तबुझ्दो नदेखिएको प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणको कात्तिक मसान्त सम्मको तथ्यांक अनुसार स्वास्थ्य, सरसफाइ, तालिम र जीवनवृत्तिसँग सम्बन्धित ५७ गैरसरकारी संस्था भूकम्प प्रभावित क्षेत्रमा कार्यरत छन् । त्यस मध्ये ८ वटा गैरसरकारी संस्थाको मात्रै प्रगति विवरण सकारात्मक देखिएको छ ।

निजी आवास निर्माणक्षेत्रमा खटिएका गैरसरकारी संस्थाको प्रगति विवरण सबै भन्दा खराब छन् । तथ्यांक अनुसार निजी आवास निर्माणमा २५ गैरसरकारी संस्था खटिएका छन् । त्यसमध्ये ५ वटा संस्थाको काम मात्रै सकारात्मक छ । स्वास्थ्य अन्तर्गत १९ संस्था कार्यरत छन् । त्यसमध्ये ८ वटाले मात्रै समयमा नै काम गरेका छन् । शैक्षिक क्षेत्रको पुनर्निर्माणका लागि सबैभन्दा धेरै गैरसरकारी संस्था खटिएका छन् । तथ्यांक अनुसार १ सय २७ गैरसरकारी संस्था खटिएकामा ५९ वटाको मात्रै प्रगति विवरण चित्त बुझ्दो छ ।
नयाँपत्रिकाबाट

Logo