काठमाडौँ, २, मंसिर
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ सफाइ कार्यक्रम अन्तर्गत चक्रपथ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको छ । हरेक शनिबार चक्रपथ सफाइ अभियान थालेको महाशाखाले आज सानोभ¥याङ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक अतिक्रमण गरी निर्माण भएका र राखिएका भौतिक संरचनालाई हटाउने काम गरिएको बताए । “कोटेश्वर देखि कलंकी सम्म चीन सरकारले चक्रपथ निर्माण गर्ने भएपछि महाराजगञ्ज देखि कलंकी सम्म सफाइ हामीले गरेका हौँ,”– उनले भने । महाशाखाले दशैँ अघि देखि चक्रपथ सफाइ अभियानलाई निरन्तरता दिएको छ । चक्रपथ सुधार तथा ट्राफिक व्यवस्थापनमा यो अभियानले सहयोग पुग्ने महाशाखाले जनाएको छ । यसै बीच आज नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय संघ संस्थाको सहयोगमा वाग्मती सरसफाइ अभियान अन्तर्गत आर्यघाट पारी राममन्दिर क्षेत्रमा पनि सरसफाइ गरिएको छ ।
रासस































प्रतिक्रिया