सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० निर्धारण भएको छ ।

हिजो प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३७० रुपैयाँ निर्धारण भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Logo