भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

केन्द्रबिन्दु
18
Shares

चितवन । भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ ।

कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नु परेको बताए । सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ ।

यहाँबाट भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, जगन्नाथ देवलमा ६ कपिलवस्तुमा १७, कास्कीमा सात, स्याङ्जामा चार, नख्खु, ललितपुर र नेपालगन्जमा क्रमशः एक/एक जना कैदी स्थानान्तरण भएका छन् ।

हाल महिला ४० र पुरुष ६७७ गरी कुल ७१७ कैदीबन्दी रहेका छन् । सो कारागारमा महिला ३० र पुरुष ४७५ गरी कुल ५०५ व्यक्ति अट्ने रहेको छ । क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा बस्ने ठाउँको अभाव र सरसफाइमा कठिनाइ बन्छ ।

Logo