काठमाडौं ,२, मंशिर
सूचना तथा सञ्‍चार मन्त्रालयले नेपाली सहित ३५ वटा च्‍यानललाई मंसिर मसान्त सम्‍म केबलबाटै प्रसारण गर्न दिने निर्णय गरेको छ। "/>

मंसिर मसान्त सम्‍म एनालगबाटै टिभी प्रसारण गर्न दिइने

मंसिर मसान्त सम्‍म एनालगबाटै टिभी प्रसारण गर्न दिइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,२, मंशिर
सूचना तथा सञ्‍चार मन्त्रालयले नेपाली सहित ३५ वटा च्‍यानललाई मंसिर मसान्त सम्‍म केबलबाटै प्रसारण गर्न दिने निर्णय गरेको छ।देशमा मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्‍य नजर गर्दै मन्त्रालयले सो निर्णय गरेको हो। शुक्रबार मन्त्रालयका प्रवक्ता प्रेम कुमार श्रेष्ठद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, देशमा निकट भविष्‍यमा हुन् गइरहेको निर्वाचनमा मतदाता शिक्षा प्रसारण भइरहेकाले एनालग टिभी प्रसारण प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने विस्तृत कार्यतालिका केवल टिभी प्रदायक संघ, महासंघबाट आगामी सात दिन भित्र मन्त्रालयमा पेश गर्ने र सो सम्बन्धमा नेपाल सरकारबाट अन्तिम निर्णय लिएपछि सोही बमोजिम हुने गरी हाल आसन्‍न निर्वाचनलाई मध्‍य नजर गर्दै अल्पकालको लागि आगामी मंसिर मसान्त २०७४ सम्‍मका लागि अधिकतम ३५ वटा च्‍यानललाई एनालग प्रणालीमा प्रसारण गर्न सकिने निर्णय गरियो।यस अघि सरकारले खटाएको अनुगमन टोलीले कार्तिक २९ गते एनालग प्रविधिको केवल टेलिभिजन प्रसारण बन्द गरेको थियो। एनालग प्रविधिको केवल टेलिभिजन बन्द भएपछि राजधानीका ३० लाख ग्राहक प्रभावित भएका थिए।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo