कर्णाली सरकारविरूद्धको अविश्वासको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

कर्णाली सरकारविरूद्धको अविश्वासको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

केन्द्रबिन्दु
0
Shares

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए ।

प्रमुख सचेतक जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै ३२ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय भएको हो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र सांसद छन् ।

यसअघि ३१ साउनमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएपछि कांग्रेसका पाँच र नेकपाका ११ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो ।

Logo