काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
नेपालले सिरिजको पहिलो खेलमा पनि नामिबियाविरुद्ध टस हारेर ब्याटिङको मौका पाएको थियो।
उक्त खेलमा नेपाल १५७ रनमै अलआउट भयो।
पहिलो खेल ८ विकेटले गुमाएको नेपाली टोली नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ।
नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ। नेदरल्याण्ड्सविरुद्ध नेपालले नन्दन यादवको स्थानमा ललितनारायण राजवंशीलाई मौका दिएको हो।


















