कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

केन्द्रबिन्दु
3
Shares

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ । लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले सक्रियता बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषधसम्बन्धी मुद्दामा २० महिला र तीन सय ८९ पुरुष जनालाई पक्राउ गरिएको छ ।

“बितेको एक वर्षमा लागुऔषधसम्बन्धी २३१ मुद्दा दर्ता भएको थियो ।” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भने, “दिनहुँजसो लागुऔषधसहित मासिन पक्राउ परेकै छन् । हामीले कारबाही र सचेतनासँगै अघि बढाएका छौँ ।”

उनले कञ्चनपुर कैलालीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेको कारबाही सङ्ख्याबाट स्पष्ट भइसकेको बताए । “प्रहरीलाई अहिलेको मुख्य चुनौती भनेकै लागुऔषध नियन्त्रण गर्नुछ ।” रावतले भने, “कारागारमा पनि ३५ प्रतिशतभन्दा लागुऔषध मुद्दाकै व्यक्तिहरु छन् ।”

प्रहरी र स्थानीय प्रशासनको पहलले मात्रै लागुऔषध नियन्त्रण सम्भव नहुने भएकाले समाजका सबै नागरिक र स्थानीय सरकार गम्भीर प्रहरीको भनाइ छ । कञ्चनपुर प्रहरीले गत आर्थिक वर्ष २०८२र८३ वर्ष खैरो हेरोइन ६५८ ग्राम, चरेश साढे ६ किलोग्राम, गाँजा ५२६ ग्राम र ट्याबलेट ७२६ वटा बरामद गरेको थियो । जिल्ला प्रहरीले सोही अवधिमा फैसला कार्यान्वयनका क्रममा जिल्लाभरबाट ५६२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

कैद सजाय भुक्तानका लागि पक्राउ परेका अभियुक्तलाई अदालत हुँदै कारागार चलान गरेको प्रहरीको भनाइ छ । जरिवानाबाफत असुलउपर गर्न पर्ने रु दुई करोड ४५ लाख असुल गराएको छ ।

Logo