नाबालिकाको डिम्ब किनबेच आरोपमा एक महिला पक्राउ

नाबालिकाको डिम्ब किनबेच आरोपमा एक महिला पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नाबालिकाको डिम्ब अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धानका क्रममा ललितपुरको इमाडोल क्षेत्रमा ब्युटिसियनका रूपमा काम गर्दै आएकी लमजुङकी राधिका गोतामेलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर ग्वार्कोस्थित बिएन्डबी अस्पतालको आईभीएफ केन्द्रमा डिम्ब निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डिम्ब झिकेबापत आफूले ३० हजार रुपैयाँ लिएको गोतामेले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

डिम्ब निकालिएपछि स्वास्थ्यमा समस्या देखिएपछि किशोरी प्रहरीको सम्पर्कमा आएको मिश्रले बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनामा संलग्न हुन सक्ने चिकित्सकसहित अन्य व्यक्तिको खोजी गरिरहेको छ। हाल उक्त घटनामा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo