शिव हमालको ‘निरमाया’मा पुष्प, कविता र चक्रको अभिनय (भिडियो)

शिव हमालको ‘निरमाया’मा पुष्प, कविता र चक्रको अभिनय (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली लोकगीत ‘निरमाया’ सार्वजनिक गरिएको छ । शिव हमालको शब्द संगीतमा तयार गीतमा अभिनेता पुष्प खड्का, कविता नेपाली र चक्र वमको अभिनय रहेको छ ।

अन्जु पन्त, रबिन गुरुङ र निश्चल गुरुङको स्वर रहेको यो गीत काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

नेपाली लोक गीतको क्षेत्रमा फरक छवि बनाउन सफल सर्जक हमालले यस गीत बहुप्रतिक्षित रुपमा लिएको र सार्वजनिक हुनु पहिले नै सर्जकहरुबाट राम्रो प्रतिक्रिया मिलेको बताए । यसका साथै सार्वजनिक हुनासाथ निकै सकारात्मक प्रतिक्रिया मिलिरहेको बताएका छन् ।

कार्यक्रममा अभिनेता पुष्पले भिडियोमा काम गर्दाको निकै सहज र रोमान्टिक अनुभव सुनाए । ‘मैले पछिल्लो म्युजीक भिडियो कम गर्न थालेको छु । यो गीतको टिम यति राम्रो छ, गीत उत्तिकै मिठो छ । यो गीत छाड्नै सकिन ।’

यस्तै गीतकी डान्सर कविता नेपालीले नयाँ टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । कविताले नायक पुष्पसँग पहिलो पटक स्क्रिन सेयर गरेकी हुन् । सुनिल परियारको एरेन्ज रहेको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा प्रबिन भट्टको सम्पादन रहेको छ ।

Skip This
Skip This
Logo