प्रमाणीकरण भएन गाँजाखेती विधेयक, प्रदेश प्रमुखद्वारा प्रदेशसभामा फिर्ता

प्रमाणीकरण भएन गाँजाखेती विधेयक, प्रदेश प्रमुखद्वारा प्रदेशसभामा फिर्ता

केन्द्रबिन्दु
3
Shares

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुखबाट पुनःविचारका लागि सन्देशसहित शुक्रबार विधेयक प्रदेशसभामा फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए ।

गत २५ असारमा प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि प्रदेशसभा सचिवालयले ३० असारमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

Logo