काठमाडौं र मोरङमा लागुऔषध गाँजा र ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौं र मोरङमा लागुऔषध गाँजा र ब्राउन सुगरसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् ।

बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

यसैगरी पर्साको छिपरमाई गाउँपालिका एक मिर्जापुरबाट गएराति १४० किलो लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । बगैंचामा बेवारिसे अवस्थामा राखिएको गाँजा गएराति ९ बजे प्रहरीले फेला पारेको हो । गाँजा कसले राखेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट गएराति साढे १० बजे ६ ग्राम ३८० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

रंगेलीबाट कानेपोखरी तर्फ आउँदै गरेको प्रदेश १–०२०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार मोरङकै बेलबारी नगरपालिका ११ बस्ने रणध्वज राईलाई लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरी मोरङले जनाएको छ ।

Logo