मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु । लुम्बिनी–तौलिहवा हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिक शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रीपेन्द्रकुमार सिंहले बताए।

गम्भीर घाइते भएका यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइलाई तत्कालै सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचारका लागि पुर्‍याइए पनि उनीहरूको मृत्यु भइसकेको थियो। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

Logo