सोलुखुम्बु, २९, कात्तिक

प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गएपनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । "/>

सोलुखुम्बुको तिङ्लाबासी ‘नो भोट नो क्याण्डिडेट’ अभियानमा

सोलुखुम्बुको तिङ्लाबासी ‘नो भोट नो क्याण्डिडेट’ अभियानमा

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु, २९, कात्तिक

प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गएपनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । तिङ्लाबासीले तिङ्लालाई सोलु दुधकुण्ड नगरपालिकामा समावेश गर्नु पर्ने माग गर्दै ‘नो भोट नो क्याण्डिडेट’ अभियान सुरु गेका छन् । स्थानीय तहको निर्वाचनमा पनि ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका तिङ्लाबासीले मतदानमा सहभागी बन्न ईच्छा भएपनि माग पुरा नभए सम्म कुनैपनि निर्वाचनमा सहभागी नहुने बताएका छन् । निर्वाचन मिति आउन १२ दिन बाँकी रहँदा कुनै पनि दल तथा उम्मेदवारले पहलकदमी नगरेको तिङलाबासीको गुनासो छ । उनीहरुले राजनितिक दलले मागको वेवास्ता गरेर ५ हजार भन्दा बढी नागरिकलाई मतदान गर्ने अधिकारबाट बञ्चित गरेको आरोप लगाएका छन् ।

‘हामीलाई ३० मिनेटको दुरीमा रहेको सोलु–दुधकुण्ड नगरपालिकामा बस्न नदिएर ओखलढुंगाको सिमानामा पर्ने ६ घण्टाको दुरीमा रहेको गाउँपालिकामा राखियो । त्यसैले हामी चुनावमा भाग नलिने अडानमा छौं,’तिङ्लाका एमाले नेता नरबहादुर कट्वालले भने, ‘हाम्रो गाउँलाई प्रस्तावित गाउँपालिकाले छुट्टिएर जान सहमती दिईसक्यो अनि सोलु दुधकुण्ड नगरपालिकाले मिसाउन सहमति दिएपनि स्थानीय विकास मन्त्रालयले भने हाम्रो माग सुनुवाइ गरेन ।’ स्थानीय विकास मन्त्रालयबाट फाईल अघि नबढेकाले तिङलाबासी निर्वाचनमा सहभागी बन्ने नबन्ने भन्ने विषयमा अन्यौल कायमै छ । ‘हामीले पहल गरेपनि प्रक्रिया किन रोकिएको छ,’ संघर्ष समितिका संयोजक कार्कीले भने, माग पुरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ ।’
नागरिकबाट

Skip This
Skip This
Logo