काठमाडौँ, २९, कात्तिक
भारतबाट नक्कली अन्तशुल्क स्टिकर बनाएर नेपाल ल्याउने गिरोहलाई सरकारले कारबाही नगरी उन्मुक्ति दिएको छ । तीन करोड रुपैयाँ बराबरका नक्कली अन्तशुल्क स्टिकर भारतबाट नेपाल भित्र्याउने विनोदकुमार गुप्तालाई ०७४ कात्तिक १२ गते सर्वोच्च अदालतबाट रिहा गर्ने आदेश भएपछि अवैध कारोबार गर्नेहरुको मनोबल बढ्न गएको छ । भारतबाट भन्सार छली नक्कली स्टिकर भित्र्याउँदै आएका भारतीय नागरिक गुप्तालाई न्यायाधीशद्वय दीपककुमार जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिहा गर्न आदेश दिएसँगै नक्कली कागजात र स्टिकरको कारोबार नियन्त्रण नहुने अवस्थामा पुगेको छ ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जले उनलाई तीन करोड ३९ लाख रुपैयाँ बराबरका नक्कली स्टिकर भित्र्याएको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको अवस्थामा अदालतले रिहा गर्न आदेश दिएपछि सो अनुसन्धान अहिले ‘पेन्डिङ’ हुन पुगेको छ । ०७४ भदौ १७ गते वीरगञ्ज भन्सार कार्यालयका जाँचकीले भारतबाट आएको एउटा ट्रक चेक जाँच गर्ने क्रममा मदिरामा टाँस्ने अन्तशुल्कका नक्कली स्टिकर फेला पारेको थियो । सोही स्टिकर नेपालका मदिरा उद्योगहरूले प्रयोग गर्दै अर्बौं राजस्व छली गरेको भन्दै राजस्व कार्यालयले मुद्दा दायर गरेको थियो ।
आर्थिक दैनिकबाट































प्रतिक्रिया