अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच निकै सौहार्द कुराकानी भइरहेको बताएका छन् । वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत पनि दिएका छन् ।

इरानलाई पैसा दिएर फकाउन नसकिने टिप्पणी उनको छ।”इरानलाई पैसा दिएर फकाउन सकिँदैन । उनीहरूलाई हराउनुपर्छ,” ट्रम्पको भनाइ छ । इरानले हाल नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दाबी छ । अमेरिकाले इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन् ।

उनले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताए । इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने सुनिश्चित गर्न अमेरिका दृढतापूर्वक अघि बढिरहेको ट्रम्पले बताए ।

Logo