बचत फिर्ताको मागसहित माइतीघरमा लघुवित्त पीडितको आमरण अनसन (तस्बिरहरू)

बचत फिर्ताको मागसहित माइतीघरमा लघुवित्त पीडितको आमरण अनसन (तस्बिरहरू)

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। लघुवित्त संस्थाबाट पीडित भएको दाबी गर्ने समूहले आफ्ना मागको सुनुवाइ हुनुपर्ने दबाबस्वरूप काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनसन सुरु गरेका छन्।

आन्दोलनरत पीडितले आफूहरूको आन्दोलन सामाजिक न्याय र आर्थिक अधिकारको पक्षमा केन्द्रित रहेको दाबी गर्दै राज्यले लामो समयदेखि बेवास्ता गरेका कारण आमरण अनसनजस्तो कठोर कदम चाल्न बाध्य भएको बताएका छन्।

उनीहरूले लघुवित्तका कारण आर्थिकरूपमा मारमा परेका सबै पीडितलाई समान व्यवहार गर्दै बचत तथा लगानी भएको रकम फिर्ता गराउने सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै, पीडितको समस्या समाधानका लागि तत्काल प्रभावकारी पहल गर्न र जिम्मेवार निकायलाई उत्तरदायी बनाउन पनि उनीहरूले आग्रह गरेका छन्।

Logo