रोनाल्डो हलिउडमा, कुन सिरिज कहिले ल्याउँदैछन् ?

रोनाल्डो हलिउडमा, कुन सिरिज कहिले ल्याउँदैछन् ?

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । खेल मैदानमा अनेकौँ कीर्तिमान बनाएका ४१ वर्षीय पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अब मनोरञ्जनको दुनियाँमा पाइला चाल्दैछन्। साउदी क्लब अल-नासरका कप्तान रोनाल्डोले ‘डे वानएस’नाम दिइएको नयाँ फुटबल ड्रामा सिरिजबाट हलिउड र टिभी दुनियाँमा डेब्यु गर्न लागेका हुन्।

यस सिरिजमा रोनाल्डोले अभिनय गर्नुका साथै कार्यकारी निर्माताको भूमिका समेत सम्हाल्दैछन्।

यो सिरिज रोनाल्डो र प्रसिद्ध फिल्म निर्देशक म्याथ्यु भनको संयुक्त निर्माण कम्पनीको पहिलो टिभी प्रोजेक्ट हो। खेलकुद एजेन्ट ड्यारेन डेइनको मूल अवधारणामा आधारित यस कथाले आधुनिक फुटबलको पर्दापछाडि हुने शक्ति संघर्ष, रणनीति र प्रतिस्पर्धालाई गम्भीर रूपमा पर्दामा उतार्नेछ। सिरिजमा डामियन लुइसले ‘स्टेनली डाल्टन’ नामक फुटबल एजेन्टको मुख्य भूमिका निभाउँदैछन् भने रोनाल्डोसँगै फ्रान्सेली लेजेन्ड थियरी हेनरी, बेलायती र्‍यापर डेभ र अभिनेत्री कार्लोटा बनाट पनि देखिनेछन्।

आफ्नो नयाँ यात्राबारे उत्साहित रोनाल्डोले यो आफूका लागि नयाँ र रोमाञ्चक अध्याय भएको बताएका छन्। उत्तर-पश्चिम लन्डनस्थित बार्नेट एफसीको रङ्गशालामा छायाङ्कन भइरहेको यो सिरिज कुनै कमेडी नभई आधुनिक फुटबल उद्योगको यथार्थ पस्किने ड्रामाटिक शो हुनेछ।

Logo