काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मङ्गलबार सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ४.६४ अंक (०.१७%) ले घटेर २,६९६.६७ विन्दुमा झरेर बन्द भएको छ।
दिनभरको कारोबारमा कुल ३४२ वटा कम्पनीका १ करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयरहरू ५५,५८० पटकको खरिदबिक्री मार्फत कुल ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँ बराबरमा कारोबार भएका छन्। आज कारोबार भएकामध्ये ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ वटा कम्पनीको घटेको छ, साथै १३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका शेयरधनीहरूले सर्वाधिक कमाएका छन्। कारोबार रकमका आधारमा सिर्जना फाइनान्स अग्रस्थानमा रहेको छ। फाइनान्सको २७ करोड १४ लाख १७ हजार ३०७ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा अन्तिम मूल्य ६५४.२० रुपैयाँ कायम भएको छ। यसैगरी, रिडी पावरको २१ करोड १२ लाख, सोल्टी होटेलको १९ करोड ९ लाख, ग्लोबल आइएमई बैंकको १६ करोड ७८ लाख र राधी विद्युत कम्पनीको १६ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।




















