काठमाडौं,२६,कात्तिक
केही दिनयता अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा उपचार गर्न आउने मध्ये ८० प्रतिशत बिरामीमा मौसमी रुघाखोकी र ज्वरोको समस्या हुने गरेको छ । "/>

मौसमी रुघाखोकीका बिरामी बढ्दै

मौसमी रुघाखोकीका बिरामी बढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,कात्तिक
केही दिनयता अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा उपचार गर्न आउने मध्ये ८० प्रतिशत बिरामीमा मौसमी रुघाखोकी र ज्वरोको समस्या हुने गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार कम्तीमा पनि दैनिक २० जना रुघाखोकी र ज्वरोका बिरामी भर्ना हुने गरेका छन् । तिहार यता उपत्यकामा मौसमी रुघाखोकीसँगै इन्फ्लुएन्जा एचवान एनवान फाट्टफुट्ट देखा परेको छ । मौसम बदलीको समयमा रुघाखोकीका बिरामी देखिने गर्छन् । डा. पुनले अहिले पनि मौसमी रुघा, खोकी एचवान एनवान देखिएको भन्दै स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेका छन् । रुघा, खोकी र ज्वरो आएको अवस्थालाई सामान्य रूपमा लिन नहुने उनको सुझाब छ । ‘एकदम बढी ज्वरो आए, खोकी लाग्ने सँगसँगै श्वासप्रश्वासमा समस्या भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ,’ उनले भने, ‘बिरामीलाई १०० डिग्री भन्दा कम ज्वरो भए आत्तिनु पर्दैन । घरमै बसेर झोलिलो खानेकुरा खाँदा हुन्छ ।’
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo