बालाजुमा खतरानक दुर्घटना, बाइकलाई ठक्कर दिदै उछिट्टियो कार

बालाजुमा खतरानक दुर्घटना, बाइकलाई ठक्कर दिदै उछिट्टियो कार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता  । काठमाडौँ, २५ कार्तिक  । 

बालाजुको नयाँ बजारमा खतरानक दुर्घटना भएको छ । सडकमा गुडिरहेको बा ११ च ३७३८ नम्बरको कार उछिट्टिएर  सडकबाट झन्डै २० मिटर पर पुगेको छ । कार होटेल अगाडीको एक पोलमा ठोक्किएर अडिएको छ  । पोल नभएको भए कार होटेलभित्र छिर्न सक्ने र धनजनको क्षति हुन् सक्ने थियो  ।

उछिट्टिने क्रममा कारले बा ३४ प्, ३६६७ को बाइकलाई समेत ठक्कर दिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको कारका चालक बिश्व शेरचनले बताएका छन् । दुर्घटनाबाट कार र बाइकलाई क्षति पुगेको छ भने चालकहरु सकुशल छन् ।

Logo