काठमाडौं,२५, कात्तिक
अहिले निजी विद्यालयका प्रिन्सिपल विद्यालय बस्नै छोडेका छन् । कारण हो चन्दा आतंक। मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सहयोग माग्नेको घुइँचो लाग्न थालेपछि उनीहरू कार्यकक्ष छोडेर भाग्न थालेका हुन् । लिखित भन्दा पनि मोबाइल गरेर चन्दा माग्नेको संख्या बढेको निजी सञ्चालकको भनाइ छ । नाम बताउँदा आफूलाई पछि असर पर्ने डरले विद्यालयका सञ्चालकले आफूहरूले चन्दा दिने तर कसले चन्दा माग्यो भनेर नाम नबताउने जनाएका छन् ।
विशेष गरी चन्दा माग्ने अग्रपंक्तिमा माओवादी केन्द्र देखिएको छ। त्यसपछि एमाले अनि नेपाली कांग्रेस। ‘पहिला पत्र पठाएरै चन्दा माग्थे, अहिले फोनबाट माग्न थालेका छन्।’ –निजी विद्यालयका एक सञ्चालकले भने। ‘के गर्ने चन्दा नदिए कारबाही गर्लान् भन्ने डर, सकेजति दिन्छौं, उनीहरूलाई खुसी पाछौं।’ –ती सञ्चालकको भनाइ थियो। एनप्याब्सनका पूर्वअध्यक्ष गीता राणाले आफू पनि निर्वाचनमा उठेका कारण आफ्नो विद्यालयमा त्यति धेरै चन्दा माग्न नआएको बताइन् । कैलाली–४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी राणा ज्ञानेश्वरको ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपल हुन । उनी केही संगठनका नेताले भने रकम माग्न आएको बताउछिन्। ‘हामीलाई त निर्वाचन नै नआइदिए होस जस्तो लाग्न थालेको छ। सबै दल चन्दा माग्न आउने।’ –प्याब्सन, ललितपुरका अध्यक्ष शिव कार्कीले भने।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया