नुवाकोट, २२, कात्तिक
आगामी १० मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटमा वाम र लोकतान्त्रिक गठबन्धन बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । नुवाकोट–१ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसको तर्फबाट डा. रामशरण महत र वाम गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङ बीच मुख्य प्रतिस्पर्धा छ । पटकपटक अर्थमन्त्री भइसकेका डा. महत र दुई पटक सम्म महतबाटै पराजित तामाङ बीचको चुनावी भिडन्त यसपटक निकै रोमाञ्चक हुने अनुमान मतदाताको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा डा महतले १ सय ४ मतान्तरले तामाङलाई पराजित गरेका थिए ।
महतलाई यसपटक राप्रपा प्रजातान्त्रिकको साथ छ । दोस्रो पटकको संविधानसभा निर्वाचनमा यो मतान्तरलाई डा. महतले बढाएर विजयी भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सहित पटकपटक अर्थमन्त्री भइसकेका डा. महतका लागि यस पटकको चुनाव फलामको चिउरा सरह हुने देखिएको छ । यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटलाई यसपटक दुईवटा निर्वाचन क्षेत्रमा झारिएको छ । नुवाकोट–१ मा हालका शिवपुरी गाउँपालिका, दुप्चेश्वर, पञ्चकन्या, तादी, सूर्यगढी, लिखु र ककनी गाउँपालिका पर्छन् । १ लाख ५ हजार २ सय ८७ जना मतदाता रहेको यो क्षेत्रमा तामाङ र महत सहित १३ जनाको उम्मेदवारी परेको छ ।
राजधानीबाट































प्रतिक्रिया