काठमाडौँ, २२, कात्तिक
कृषि सामग्री कम्पनीले नियतवश खरिद प्रक्रिया लम्ब्याएपछि मलको चर्को अभाव भएको छ । कम्पनीले मल खरिद गर्न आफैंले बनाएको वार्षिक कार्ययोजना विपरीत देशभर मल अभाव गराएको हो । "/>

कृषि सामग्री कम्पनीको कार्ययोजना विपरीत मल आयात गर्दा देशभर अभाव

कृषि सामग्री कम्पनीको कार्ययोजना विपरीत मल आयात गर्दा देशभर अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, कात्तिक
कृषि सामग्री कम्पनीले नियतवश खरिद प्रक्रिया लम्ब्याएपछि मलको चर्को अभाव भएको छ । कम्पनीले मल खरिद गर्न आफैंले बनाएको वार्षिक कार्ययोजना विपरीत देशभर मल अभाव गराएको हो । गतवर्ष खरिद गरेको मल समेत ल्याउन नसक्दा गहुँबाली लगाउने समयमा देशभर मलको चर्को अभाव भएको छ। कम्पनीले चालू आर्थिकवर्षको स्वीकृत कार्ययोजनाअनुसार पहिलो चौमासिक (साउन देखि कात्तिक) को माग धान्न एक लाख १२ हजार दुई सय टन (२२ लाख ४४ हजार बोरा) कम परिमाणमा रासायनिक मल खरिद गरी भित्याएको छ । यो बेलाको माग धान्न युरिया मल कम्तीमा ३० हजार टन (६ लाख बोरा) आवश्यक पर्छ । यस्तै डीएपी १० हजार टन (एक लाख बोरा) आवश्यक छ।

निर्धारित कोटा भन्दा कम परिमाणमा मल खरिद गरी आपूर्ति भएकाले अहिले किसान गहुँ, तोरी, मुसुरो लगायत बाली लगाउनका लागि मलको चरम अभाव बेहोर्न बाध्य छन् । कम्पनीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा युरियातर्फ ७० हजार टन (२१ लाख बोरा) र डीएपीतर्फ ५० हजार टन (१० लाख बोरा) खरिद गर्ने कार्ययोजना बनाएको थियो । कार्ययोजना अनुसार ७० हजार टन युरिया मध्ये हाल सम्म दुई हजार पाँच सय टन (पाँच हजार बोरा) र ५० हजार टन डीएपी मध्ये पाँच हजार तीन सय टन (१० हजार ६ सय) मात्रै भित्याइएको कम्पनीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
अन्नपूर्णपोष्टबाट

Logo