वीरगञ्ज, कात्तिक, २०
करिब चार अर्ब भारतीय रुपियाँको लगानीमा निर्माण हुँदै गरेको भारतको मोतीहारी देखि नेपालको अमलेखगञ्ज सम्मको ६९ दशमलव ९ किलोमिटरकोे पेट्रोलियम पाइपलाइनको कामले तीव्रता पाएको छ । बहुप्रतीक्षित उक्त परियोजना मोतीहारी–रक्सौल ३३.२ किलोमिटर र रक्सौल–अमलेखगञ्ज ३६.७ किलोमिटरको हुनेछ । परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर शरद पौडेलका अनुसार पाइपलाइन कार्य भारतीय आयल कार्पोरेसनले तीव्र रूपमा अघि बढाएको छ । उनका अनुसार परियोजनाका लागि भारतले आगामी डिसेम्बर देखि पाइपहरू वीरगञ्ज पठाउने भएको छ । पाइप राख्नका लागि वीरगञ्ज चिनी कारखानाको दुई बिघा जग्गा पनि प्रतिमहिना दुई लाख ३० हजार रुपियाँको दरले भाडामा लिइसकिएको उनले जानकारी गराए । पाइपलाइनका लागि जमिनमुनि राख्ने पाइपको ब्यास १०.७५ इञ्चको हुने उनले बताए । भारतमा अहिले पाइप निर्माण भइरहेको जानकारी गराउँदै पाइप निर्माण गर्ने भारतको एनएसएल कम्पनीसँग सम्झौता भएको जानकारी उनले दिए ।
गोरखापत्रबाट































प्रतिक्रिया