काठमाडौं, १९, कात्तिक
काठमाडौं ४ मा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता गगनकुमार थापाले संसदमा सँगै चार वर्षसम्म बसेको एक साथीले अर्को साथीका बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । "/>

काठमाडौं ४ मा गगन र राजनको टक्कर

काठमाडौं ४ मा गगन र राजनको टक्कर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९, कात्तिक
काठमाडौं ४ मा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता गगनकुमार थापाले संसदमा सँगै चार वर्षसम्म बसेको एक साथीले अर्को साथीका बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । एमालेका नेता राजन भट्टराईप्रति लक्षित गर्दै सांसद बनेर बसेको व्यक्तिले विकास किन भएन भनेर प्रश्न गर्न उचित नहुने दाबी गरेका हुन् । ‘एमालेका एकजना साथी जो मेरो प्रतिस्पर्धी हुनुहुन्छ । उहाँ म सँगै चार वर्ष संसदमा बस्नुभयो । अहिले आएर गगनले यो गरेन, त्यो गरेन, उ गरेन भन्नु सुहाउँदैन । यदि मैले गर्न नसकेको भए काठमाडौं क्षेत्र ४ मा भएको विकास कसले गर्‍यो ? त्यसको जवाफ दिनु पर्यो’ थापाले भने।

थापाले जोडदारका साथ भने ,‘मलाई मतदान गर्ने मतदाताहरू आरोप लगाएकै भरमा कसैको पछाडि लाग्ने व्यक्ति होइनन् । मेरो क्षेत्र मैले जति बुझेको छु। जति चिनेको छु बाहिर बस्ने व्यक्तिले चिन्दैन। गीत गाएर, मुठ्ठी कसेर विकास हुँदैन साथीहरू हो। विकास गर्न काम गर्नुपर्छ। हाउजिङमा घर बनाएर बस्ने सांसद म होइन। म यही बस्छु, स्थानीय बासीका साथ बस्छु।’ नेता थापाले आफूलाई वामपन्थीहरूले भ्रष्टाचार गरेको भनेर लगाएको आरोपको कडा शब्दमा खण्डन गरे। आफूलाई कृषि गर्ने नाममा १४ करोड खायो, चार वटा घडेरी किन्यो लगायतका आरोप लगाएकोमा आपत्ति जनाउदै मैले आफनो सम्पत्ति जनताबीच राखेकै छु भन्ने दाबी थापाले गरे।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo