८८ किलो सुनकाण्ड: ४३ करोड बिगो दाबीसहित ११ जनाविरुद्ध मुद्धा

८८ किलो सुनकाण्ड: ४३ करोड बिगो दाबीसहित ११ जनाविरुद्ध मुद्धा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १७ कार्तिक ।

महानगरीय प्रहरी परिसरले ८८ किलो सुन तस्करी प्रकरणमा संलग्न ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकाे छ । अभियुक्तविरुद्ध ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

प्रहरीले मानबहादुर तामाङ, सत्यनारायाण अग्रवाल, शुभरत्न शाक्य, गणेशदत्त बडु, नन्दकुमार पाण्डुरंग मगर्ले, उल्लाहास दिनकर लालुङ्गे र ल्याक्पा ग्याल्जोङविरुद्ध मुद्दा दायर गरेको हो । त्यस्तै, चिनियाँ नागरीक याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामाविरुद्ध पनि मुद्दा दायर गरेको छ । तर यी चार जना भने फरार छन् ।

उनीहरुबिरुद्ध ५ वर्षसम्मको कैद सजाय माग गरिएको छ । गत भदौ १९ गते केरुङ नाका हुँदै भित्रिएको ८८ किलो सुन ठमेलबाट बरामद भएको थियो ।

Logo