काठमाडौँ, १७, कात्तिक
एमाले माओवादी गठबन्धनले दुई वर्ष भित्र मुलुकलाई प्रमुख खाद्यान्न, माछा, मासु र दुधमा आत्मनिर्भर बनाउने योजना सहितको चुनावी घोषणापत्र तयार पारेको छ। "/>

बाम गठबन्धनको चुनावी घोषणापत्र तयार

बाम गठबन्धनको चुनावी घोषणापत्र तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १७, कात्तिक
एमाले माओवादी गठबन्धनले दुई वर्ष भित्र मुलुकलाई प्रमुख खाद्यान्न, माछा, मासु र दुधमा आत्मनिर्भर बनाउने योजना सहितको चुनावी घोषणापत्र तयार पारेको छ। घोषणापत्रमा आगामी पाँच वर्षभित्र मुलुकबाट खाद्यान्न निर्यात गर्ने लक्ष्य राखिएको छ। कृषिमा आधुनिक प्रविधि अपनाएर व्यवसायीकरण गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने गठबन्धनको रणनीति छ। यसका लागि ठूलो मात्रामा अनुदान लगानी गर्ने घोषणापत्रमा उल्लेख छ।

गठबन्धन नेतृत्वमा बन्ने सरकारले कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गर्ने भएको छ। कृषियोग्य भूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्म विकास गरिनेछ। फार्ममा डेरी, पोल्ट्री, पशुपन्छी, मौरी, माछापालन, खाद्यान्न, फलफूल तथा गैरखाद्य कृषिको उत्पादनमा जोड दिने घोषणापत्रमा उल्लेख छ। अहिले मुलुक खाद्यान्नमा भारतसँग परनिर्भर छ। चामल, तरकारी, तेल, फलफूल, माछामासु, दलहन लगायत खाद्यवस्तु ठूलो मात्रामा आयात भइरहेको छ। गठबन्धनले सम्पूर्ण कृषि उत्पादनलाई औद्योगिकीकरण गर्ने बताएको छ। कृषि उत्पादनमा आवश्यक रासायनिक र प्रांगारिक मल देशभित्रै उत्पादन गर्ने भनिएको छ। घोषणापत्र अनुसार आगामी १० वर्षमा नेपाल प्रांगारिक मुलुक घोषणा हुनेछ। कृषिमा उत्पादकत्व बढाउन पाँच वर्षभित्र सम्पूर्ण सिँचाइयोग्य कृषि भूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गरिने भएको छ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo