काभ्रे, १७, कात्तिक
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा काभ्रेबाट शान्तिपूर्ण मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा २ बाट प्रतक्ष तर्फबाट एक दृष्टिविहिनले पनि उम्मेदवार दर्ता गराएका छन् । "/>

काभ्रेमा दृष्टिविहीन सुरेस धितालको स्वतन्त्र उमेदवारी

काभ्रेमा दृष्टिविहीन सुरेस धितालको स्वतन्त्र उमेदवारी

केन्द्रबिन्दु
0
Shares

काभ्रे, १७, कात्तिक
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा काभ्रेबाट शान्तिपूर्ण मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा २ बाट प्रतक्ष तर्फबाट एक दृष्टिविहिनले पनि उम्मेदवार दर्ता गराएका छन् । धुलिखेल नपा–११ पात्लेखेतका ४६ बर्षिय सुरेस प्रसाद धितालले उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवार धितालले अपाङ्गता भएका नागरिकको तर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । धितालका प्रस्तावक पनि अपाङ्गता भएका नागरिक नै रहेको बताइएको छ । श्रीमती दुर्गा धितालका साथ मनोनयन दर्ताका लागि धुलिखेल आएका धितालले २०४६ साल देखि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे आए पनि हामी अपाङ्ता भएका व्यक्तिहरूको लागि खासै केही संबिधानमा उल्लेख नभएकाले अपाङ्गता हक हितका लागि आफू उम्मेदवारी दिएको बताएका छन्।’ आफू जस्ता अपाङ्गता भएका नागरिकहरू हजारौंको संख्यामा भएको र उनीहरूका परिवार आफन्तलाई  बुझाउन सकें भने निर्वाचन अवस्य आफूले जित्ने धितालले बताएका छन् । मनोनयन दर्ता पछि धितालले भने –‘ म आजैबाट आफू जस्तै अपाङ्गता परिवार र आफन्तलाई भेट्न जाने र यो चुनाव जितेरै छाड्नेछु ।’

Logo