काठमाडौँ, १७, कात्तिक
नेपाली नम्बर प्लेटका ग्याँस बुलेट निर्माण र सञ्चालनका विषयमा उद्योगीले गलत तथ्यांक प्रस्तुत गरी सरकारसँग अर्बौं रुपैयाँ क्षतिपूर्ति माग गरेको पाइएको छ। ग्याँस उद्योगीले सरकार र तत्कालीन उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति समक्ष गतल बिल प्रस्तुत गरी साँढे पाँच अर्ब रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरेका छन् । उद्योगीले ग्याँस आयातका लागि नेपाली नम्बर प्लेटका बुलेट भारतमा निर्माण गर्न लगाएका हुन्। नेपाल ग्याँस उद्योग संघले तयार नै नभएको बुलेटको पनि राज्यसँग क्षतिपूर्ति माग गरी आपूर्ति ठप्प पार्ने चेतावनी दिँदै आएको छ। नेपाल आयल निगम स्रोतका अनुसार हाल सम्म दुईवटा बुलेट निर्माण भएर राजधानी आइपुगेका छन् । एभरेस्ट ग्याँस उद्योगका सञ्चालक शिव घिमिरेले गतवर्ष मंसिर १६ गते ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका दुईवटा नेपाली नम्बर प्लेटका बुलेट नेपाल भित्र्याएका थिए।
त्यसपछि हाल सम्म नेपाली नम्बर प्लेटका कुनै पनि बुलेट ल्याइएको छैन। तर संघले चार सयको संख्यामा स्वदेशी नम्बर प्लेटका बुलेट तयार भएको भन्दै सरकारलाई गलत तथ्यांक प्रस्तुत गरेको छ । ‘सञ्चालन प्रक्रियामा अवरोध आएर भारतमा अड्किएको भन्दै सरकार र संसदीय समितिको बैठकमा साढे पाँच अर्ब रुपैयाँ क्षतिपूर्ति माग गरियो, तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले भने, ‘आन्तरिक रूपमा छानबिन गर्दा ग्याँस व्यवसायीले बदमासी गरेर दुई,चारवटा नेपाली नम्बर प्लेटका बुलेटलाई चार सय भनेर सरकारबाट क्षतिपूर्ति माग गरेको फेला पर्यो।
अन्नपूर्णपोष्ट





























प्रतिक्रिया