काठमाडौं, १४, कात्तिक
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ एउटै मतपत्रबाट चुनाव गराउन लागेको भन्ने विवाद आधारहीन रहेको जवाफ दिएका छन् । "/>

एउटै मतपत्रबाट दुवै निर्वाचन आधारहीन – आयोग

एउटै मतपत्रबाट दुवै निर्वाचन आधारहीन – आयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४, कात्तिक
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ एउटै मतपत्रबाट चुनाव गराउन लागेको भन्ने विवाद आधारहीन रहेको जवाफ दिएका छन् ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको अदालतको अवहेलना मुद्दामा डा. यादवले सोमबार सर्वोच्च अदालतलाई यस्तो लिखित जवाफ दिएका हुन् । उनले एकै मतपत्रबाट निर्वाचन गराउन लागेको भन्ने जिकिर तथ्यहीन रहेको समेत उल्लेख गरेका छन् ।

चारै जना निर्वाचन आयुक्त सहित प्रमुख निर्वाचन आयुक्त डा. यादव स्वयं लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका थिए । सोमबार अपराह्न ४ बजेपछि लिखित जवाफ दर्ता गराएर उनी फर्किएका थिए । अदालतले उनलाई स्वयं उपस्थित हुन भने आदेश गरेको थिएन ।  ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकोमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग अलग छाप्ने सम्बन्धमा निर्वाचन आयोगले गम्भीरतापूर्वक लिई विचार गर्ने नै हुँदा भन्ने समेत बेहोराको आदेश भएको हुँदा आयोगले मिति २०७४ कात्तिक १२ मा अदालतको आदेशको भावना र मर्म समेतलाई सम्मान गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन तर्फको मतपत्र बेग्लाबेग्लै पानामा छपाउने निर्णय हुँदा मैले संस्थागत, पदीय वा व्यक्तिगत कुनै हैसियतमा सम्मानित अदालतको आदेशको अवज्ञा हुने गरी काम नगरेकोले निवेदकले माग गरे बमोजिम अदालतको अवहेलनामा म उपर कारबाही हुनुपर्ने अवस्था नदेखिएको हुँदा उक्त अवहेलना मुद्दा खारेज गरी पाऊँ’, उनको जवाफमा उल्लेख छ ।
गोरखापत्रबाट

Logo