काठमाडौं, १४, कात्तिक
विश्वप्रसिद्ध फोव्र्स पत्रिकाले विश्वका अर्वपतिहरुको सूचीमा सामेल गरेका विनोद चौधरी एमालेसँगको सम्बद्धता त्याग्दै कांग्रेसको समानुपातिक तर्फको उम्मेदवार बनेका छन्। "/>

विनोद चौधरी काँग्रेसबाट समानुपातिक तर्फको उम्मेदवार

विनोद चौधरी काँग्रेसबाट समानुपातिक तर्फको उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४, कात्तिक
विश्वप्रसिद्ध फोव्र्स पत्रिकाले विश्वका अर्वपतिहरुको सूचीमा सामेल गरेका विनोद चौधरी एमालेसँगको सम्बद्धता त्याग्दै कांग्रेसको समानुपातिक तर्फको उम्मेदवार बनेका छन्।कांग्रेसले केही हेरफेर गरेर आइतबार साँझ बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उद्योगपति चौधरीको नाम राखिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय समितिका सदस्य अर्जुननरसिंह केसीका अनुसार चौधरीलाई कांग्रेसले समानुपातिकको सूचीमा राखेको छ।

चौधरीलाई एमालेले समानुपातिक र प्रत्यक्ष दुबै तर्फ उम्मेदवार नबनाएपछि कांग्रेसले समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश गरेको हो। उद्योगपति चौधरी ०६४ सालमा एमालेबाट समानुपातिक सांसद बनेका थिए। ०७० सालको निर्वाचनमा एमालेबाट प्रत्यक्षतर्फ नवलपरासीबाट उम्मेदवार सिफारिस भएपनि एमालेभित्रैबाट विरोध भएपछि उम्मेदवार बन्न पाएनन् । एमालेसँग असन्तुष्ट देखिँदै आएका चौधरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एमाओवादीबाट अलग भएपछि गठन गरेको नयाँशक्तिका कतिपय भेलाहरुमा देखिन थालेका थिए ।

नेपाल समाचारपत्रबाट

Logo