काठमाडौं,११, कार्तिक
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको छ । प्रतक्ष तर्फको मतपत्र पनि छाप्न सुरु गरिएको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार देखि प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रकै प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिएको हो । आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मंसिर १० गते हुने प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि मतपत्र छपाइ गरिने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन तयारी ७५ प्रतिशत भन्दा बढी पूरा भएको जानकारी दिएका छन् । मतपत्रबारे सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित मितिमै हुने उनले बताए । निर्धारित मितीमै चुनाव हुनेमा ढुक्क रहन उनले सबैलाई अनुरोध गरेका छन् ।































प्रतिक्रिया