काठमाडौँ, १०, कात्तिक
अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडौं उपत्यकाभित्र रगतको अभाव देखिएको छ । पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदातामा कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र रगतको एक्कासी अभाव देखिएको हो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई रगतको माग र आपूर्ति बीचमा सहजता ल्याउन अहिले कठिन भएको छ । यसका लागि सोसाइटीले आम रक्तदातालाई रक्तदान गर्न र रक्तदानको शिविर बढाउन संघ सस्थालाई आह्वान समेत गरेको छ ।
केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले अहिले केन्द्रमा दैनिक रुपमा दुई सय युनिट (प्रिन्ट) रगतको माग हुने गरेको र बिरामीका आफन्त मार्फत नै मुस्किलले सो माग पूर्ति गर्ने गरेको जानकारी दिइन् । विगतमा पनि विशेष गरी दशैं, तिहार तथा छठका समयमा रगतको अभाव उपत्यकामा देखिने गर्दथ्यो । तर यस पटक तिहार तथा छठमा रगतको बढी अभाव देखिएको केन्द्रले जनाएको छ ।
रासस





























प्रतिक्रिया