पोखरा, १०, कात्तिक
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोली पोखराको पृथ्वीचोकबाट लागुऔषध कारोबार गर्ने ८ जनाको एक गिरोहलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले उनीहरुका साथबाट एक हजार ५०० थान लागु औषध बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको वाफरगञ्जका शिवकुमार निषाद, पोखरा बाझा पाटनका इन्द्रप्रसाद गुरुङ, नागढुंगाका दीपेन क्षेत्री, रानीपौवाका सम्राट राणा, धादिङ खनियाबासका कल्याण तामाङ र एलिया तामाङ, तनहुँ शुक्ला गण्डकीका मेखबहादुर गुरुङ र स्याङ्जा पुतलीबजारका अजय शाही भएको प्रहरीले जनाएको छ । रासस































प्रतिक्रिया